असार १३, काठमाडौं (अस) । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स लिमिटेडले १० बराबर ८ दशमलव ३ (१०ः८.३) अनुपातमा माघ १५ गतेदेखि फागुन २० गतेसम्म हकप्रद शेयर निष्कासन गर्दैछ । कम्पनीको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको २८ लाख ६७ हजार २ सय २५ दशमलव ६२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । दोस्रो बजारमा मङ्गलवार रू. ३ सय ९२ मा कारोबार भइरहेको कम्पनीको हकप्रद शेयर प्रतिकित्ता रू. १ सय अङ्कित दरमा खरीद गर्न पाइने छ ।
कम्पनीको पुस २९ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनी हुनाले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रसिद्धार्थ क्यापिटल लिमिटेड , श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको सम्पूर्ण शाखाहरु र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।
हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. ६३ करोड २१ लाख ७१ हजार ४ सय ३२ पुग्नेछ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा १ लाख २३ हजार नाफा कमाएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३४ करोड ५४ लाख रहेको छ ।