फागुन १, काठमाडौं (अस) । २०७४ मङ्सिर २८ गतेदेखि सञ्चालनमा आएको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण पहिलो पटक सार्वजानिक गरेको छ । कम्पनीले रू. ३ करोड ७२ लाख नाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीको दोस्रो आवमा चुक्तापूँजी रू. १ अर्ब ४० करोड पुगेको छ । जगेडा कोषको रकम रू. ३ करोड ७४ लाख पुगेको छ । कम्पनीको बीमा शुल्क आजर्न रू. १ करोड १९ लाख पुगेको छ ।