काठमाडौं (अस)। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय कम्पनीमा रू. ३ अर्ब ६७ करोड २६ लाख लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा आप्mनो विभिन्न कोषमा रहेको रकम १ वर्षे मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कले उक्त रकम २०७५ वैशाख २ गतेदेखि २०७६ वैशाख १ गतेसम्मका लागि मुद्दती निक्षेपका रूपमा राख्न लागेको हो । केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कहरूमा रू. २ अर्ब ९३ करोड ८१ लाख मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । यसैगरी राष्ट्रिय स्तरका विकास बैङ्कमा ५५ करोड ९ लाख र वित्त कम्पनीमा रू. १८ करोड ३६ लाख मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको हो ।