चैत २४, नयाँ दिल्ली (अस) । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वीरगञ्जमा बनेको एकिकृत जाँच चौकी (आईसीपी)को संयुक्त रुपमा उद्घाटन गरेका छन् । भारत भ्रमणका रहेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शनिवार हैदरवाद हाउस नयाँ दिल्लीमा द्बै देशका प्रतिनिधिमण्डलसँग भएको भेटका क्रममा उक्त भन्सार जाँच चौकीको उद्घाटन गरिएको हो ।
साथै दुवै देशका प्रधानमन्त्रीले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । हैदराबाद हाउसबाटै स्वीच थिचेर उक्त पेट्रोलियम पाईपलाईनको शिलान्यास गरिएको हो ।
दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।