चैत २५, काठमाडौं (अस) । देवः विकास बैङ्कले १० बराबर ४ को अनुपातमा सोमवारदेखि हकप्रद शेयर जारी गर्ने भएको छ । बैङ्कले प्रतिशेयर रू. १ सय अङ्कित दरको ६५ लाख ३३ हजार १ सय ८ दशमलव ५९ कित्ता हकप्रद शेयर बैशाख ३० गतेसम्मका लागि जारी गर्न लागेको हो । बैङ्कले हकप्रद प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गरेकाले फागुन १६ गतेसम्म शेयर स्वामित्व हुने सदस्यहरुले यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
हकप्रद खरीदका लागि विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था छ । हाल रू. १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार चुक्तापूँजी रहेको बैङ्कको हकप्रद पश्चात रू. २ अर्ब २८ करोड ६५ लाख ८८ हजार पुग्नेछ ।