प्रमुख गतिविधि
लघुवित्तले आफ्नो १९औं वार्षिक साधारणसभा पुस २८ गते गरेको छ । उक्त सभाले शेयरधनीलाई गतवर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षकोे दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
- लघुवित्तले यस आवको दोस्रोे त्रैमाससम्ममा खुद नाफा ११ करोड २१ लाख कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफामा करीब २९ प्रतिशत वृद्धि हो ।
- खुद मुनाफामा वृद्धि हुँदा कम्पनीको प्रतिशेयर आम्दानीमा पनि अघिल्लो त्रैमासको तुलनामा २३ प्रतिशतको वृद्धि भएको छ । अहिल्लो वर्षको दोस्रो त्रैमासमा २५ रुपैयाँ ०३ पैसा रहेको प्रतिशेयर आम्दानी हाल ३० रुपैयाँ ८७ पैसा रहेको छ ।
- जगेडा कोषमा ८ प्रतिशत वृद्धि भएको छ । ७२ करोड चुक्तापूँजी भएको कम्पनीको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ हुनुले पनि यो कम्पनी वित्तीय रूपमा निकै राम्रो रहेको मान्न सकिन्छ ।
- सापटी रकम ६ प्रतिशत वृद्धि भएर ५ अर्ब २४ करोड पुगेको छ भने कर्जा सापट १५ प्रतिशत वृद्धि भएर ६ अर्ब १४ लाख पुगेको छ ।
- प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी २३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले १८ करोड १५ लाख खुद ब्याज आम्दानी बापत कमाएको छ, जसमा ३८ लाख ६८ हजार रुपैयाँ प्रोभिजन गर्नुपरेको छ भने जोखीम कोषबाट कुनै पनि रकम फिर्ता गरेको छैन ।
- लघुवित्तको सञ्चालन नाफा १७ करोड ६२ लाख छ । यो रकम अघिल्लो अर्थिक वर्षभन्दा जम्मा ३० प्रतिशत वृद्धि भएको पाइन्छ । अघिलो वर्ष कम्पनीले १३ करोड ६० लाख कमाएको थियो ।
- निष्क्रिय कर्जाको अनुपातलाई करीब शून्य प्रतिशतमा झारेको छ ।
- कोषको लागत वृद्धि भएको छ । ३ दशमलव शून्य ७ प्रतिशत रहेको कोषको लागत वृद्धि भएर ७ दशमलव ८७ प्रतिशत पुगेको छ ।
- लघुवित्तले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ २७७ दशमलव ३६ रुपैयाँ, तरलता अनुपात १७ दशमलव २४ प्रतिशत, प्रतिशेयर कुल सम्पत्ति १ हजार ४५ रुपैयाँ ७५ पैसा र पूँजीकोष अनुपात २५ दशमलव ४१ प्रतिशत छ ।
निष्कर्ष :
समीक्षा अवधिमा पूँजी वृद्धिसँगै अन्य वित्तीय सूचकहरू, जस्तै– जगेडा कोष, सापटी, कर्जा परिचालन, ब्याज आम्दानी, खुद मुनाफालाई पनि क्रमशः बढाएर लैजान सक्नु यस लघुवित्तको सबल पक्ष हो । बढ्दो ब्याजदर भने यस लघुवित्तका लागि पनि प्रमुख चुनौती रहेको छ ।
प्राविधिक विश्लेषण : रुरल माइक्रोफाइनान्स केही सच्चिँदै
प्रतिरोध २ : ६६५ । प्रतिरोध १ : ६२५ । हालको अन्तिम मूल्य : ६०१ । टेवा १ : ६०० । टेवा २ : ५६५
बजारको अवस्था
यस कम्पनीको ९ अप्रिल, २०१८ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा अन्तिम कारोबार मूल्य ६ सय १ मा छ । यो मूल्य अघिल्लो दिनको भन्दा १३ रुपैयाँ अर्थात् २ दशमलव २१ प्रतिशत कम हो । त्यस दिनको परिमाण ४ हजार ४ सय ८६ मा छ । यो अघिल्लो दिनको भन्दा ८ सय ७७ कित्ता कम हो ।
मूल्यको प्रवृत्ति विश्लेषण
गत सातादेखि मूल्य बढे पनि चार्टमा देखिएबमोजिम विगत ९ महीनादेखि बजारको माथिल्ला र तल्ला बिन्दुहरू घटिरहेकोले बजार पूर्णरूपमा बढ्दो प्रवृत्तिमा रहेको देखिँदैन । हाल मूल्य ६ सयको मनोवैज्ञानिक टेवा क्षेत्रमा छ ।
अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : २० र ५० दिनको ईएमएहरू एकआपसमा अझै पनि फराकिलो रहेकोले बजारमा विक्रेताको चाप हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
स्टोकास्टिक अक्सिलेटर : यो सूचकको शेयर बढी खरीद भएको सङ्केत गर्दछ ।
रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई २४ अङ्क देखि ५२ अङ्कमा आएकोले यसको प्रवृत्तिले बजार सकारात्मक क्षेत्रमा प्रवेश गरेको सङ्केत गरेको छ ।
मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले त्यस दिन बजारमा क्रेताभन्दा विक्रेताको चाप रहेको सङ्केत गर्दछ ।
निष्कर्ष
अन्तिम कारोबारमा देखिएको मूल्य कमीले मुख्यगरी कारोबारीले गरेको नाफा सुरक्षण र केहीले बजार बढ्दा पहिलेको घाटा कम गर्न शेयर विक्री गरिरहेको देखिन्छ । त्यसैले, अर्को बजार बढ्ने सङ्केत नआउन्जेल ‘पर्ख र हेर’को रणनीति अपनाउनु उपयुक्त देखिन्छ । हालको तत्कालीन प्रतिरोध ६ सय २५ मा रहेको देखिन्छ भने तत्कालीन टेवा ६ सयमा देखिन्छ ।