चैत २७, नयाँ दिल्ली (भारत) । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन गुगलले भारतमा २ नयाँ स्मार्ट स्पीकर लञ्च गरेको छ । कम्पनीले मङ्गलवार नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा गुगल होम र गुगल होम मिनी लञ्च गरेको हो । यी स्पीकरहरुको मूल्य क्रमशः ९ हजार ९ सय ९९ रुपया र ४ हजार ९ सय ९९ रुपया रहेको छ । गुगल होम सिलिण्डर आकारको स्पीकर हो । यो स्पीकरलाई आवाजबाटै चलाउन सकिनेछ । घरेलु उपकरणसँग जोड्न यसमा गूगल असिस्टेन्ट पनि दिइएको छ ।
समाचार जान्न, मौसमको जानकारी थाहा पाउन परेमा गुगल होमलाई बोलेरै अर्डर दिन सकिनेछ । गुगल होम मिनी गुगल होमको अर्को भ्यरिएण्ट हो । यो गुगल होमभन्दा सस्तो र सानो छ । यसलाई पनि गुगल होमलाई जस्तै गरी टास्क दिन सकिन्छ । यद्यपि, यसमा ३ दशमलव ५ एमएमको ज्याक नभएकोले यसमा पोर्टेबल डिभाइस कनेक्ट गरेर डिभाइसमा भएका गित सुन्न भने सकिदैंन । गुगल होम र गुगल होम मिनी दुबै स्पीकरले गुगल प्ले म्युजिक, यू–टयूब, नेटफ्लिक्स, सावन र गानालगायत अनलाइन म्युजिक पोर्टल सर्पोट गर्दछ । एजेन्सी