नेपाल रेडक्रश सोसाइटी (नेरेसो)को केन्द्रीय सभाको ४७औं महाधिवेशन बुधवारदेखि शुरू हुने भएको छ । २ दिनसम्म चल्ने उक्त महाधिवेशन मोरङको विराटनगरमा आयोजना गरिएको रेडक्रशले जानकारी दिएको छ ।
रेडक्रशका अनुसार देशका सबै जिल्लाबाट आएका २ सय ७५ जना वैधानिक प्रतिनिधिहरूको सहभागितामा प्रभातफेरीसहित महाधिवेशनको शुभारम्भ हुनेछ । महाधिवेशनले आर्थिक वर्ष २०७३७४ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको समीक्षा गरी आगामी आव २०७५/७६ को लागि प्रस्तावित कार्यक्रम तथा बजेटमा छलफल गर्नेछ ।