काठमाडौं (अस) । एनआईसी एशिया क्यापिटलले लगानीका नयाँ अवसर र जोखीमबारे नयाँ लगानीकर्तालाई जानकारी गराउने उद्देश्यका साथ ‘लगानी सचेतना अभियान’ सञ्चालन गर्दै आएको छ । सो अभियानले विशेषतः महिला, विद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका व्यावहारिक तथा आधारभूत पक्षबारे जानकारी गराउँदै आएको छ । विभिन्न तहमा अध्ययनरत विद्यार्थी तथा महिलाको सुनिश्चित आर्थिक भविष्यको लागि लगानीले पु¥याउन योगदानलाई आत्मसात गर्दै एनआईसी एशिया क्यापिटलले निःशुल्क रूपमा सो अभियान सञ्चालन गर्दै आएको हो । अभियानअन्तर्गत हालसम्म २० भन्दा बढी संस्थामा एनआईसी एशिया क्यापिटलले लगानी सचेतना सेवा प्रदान गरिसकेको छ ।
एनआईसी एशिया क्यापिटलको ‘लगानी सचेतना अभियान’
