चैत २९, काठमाडौं (अस) । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ । कम्पनीले ३ लाख ७१ हजार ४ सय कित्ता आईपीओ स्थानीयका लागि निष्कासन गर्न चैत २८ गते अनुमति पाएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
जोशी हाइड्रोपावरको ३ लाख ७१ हजार कित्ता आईपीओ सेबोनमा स्वीकृत
