काठमाडौं (अस) । बैङ्क अफ काठमाण्डू (बीओके) र दि ओरियण्टल इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैङ्क र इन्स्योरेन्सबीच बिहीवार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिसँगै बैङ्कका ग्राहकले दि ओरियण्टल इन्स्योरेन्सले प्रदान गर्ने बीमा सेवासम्बन्धी सबै सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताइएको छ ।
शेयर / बैङ्किङ गतिविधि 21 views