काठमाडौं (अस) । चौधरी ग्रूपअन्तर्गतको टीसीएल ब्राण्डले आफ्ना एसीमा ५ वर्षसम्मको वारेण्टी दिने भएको छ । भिटामिन फिल्टर तथा कार्बन फिल्टर जडित टाइटान एसीमा कम्पनीले ५ वर्षे वारेण्टी अफर ल्याएको हो । वालमाउण्ट स्पिलिट एसी, क्यासेट तथा सिलिङलगायत एसीमा सो अफर रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका यी एसीको बजारमूल्य ५० हजारदेखि २ लाख रुपैयाँसम्म पर्ने कम्पनीले जानकारी दिएको छ ।