वैशाख २, काठमाडौं (अस) । साताको पहिलो र नँया वर्षपछि कारोबार भएको पहिलो दिन कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक शून्य दशमलव ६३ प्रतिशत घटेको छ । कारोबार भएका ९ समूहको परिसूचकमा ‘अन्य’ समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ ।
कारोबार भएका १ सय २४ कम्पनीको रू. ११ करोड २४ लाख बराबरको शेयर कारोबार भएको छ । नविल बैङ्को संस्थापक शेयरको सर्वाधिक रू. ७५ लाख बराबरको शेयर कारोबार भएको छ ।