वैशाख २, सिङ्गापुर । सिङ्गापुरको केन्द्रीय बैङ्कले मौद्रीक नीति ६ वर्षमा पहिलो पटक कडाइ गर्ने भएको छ । यो वर्ष सिङ्गापुरको अर्थतन्त्रले स्थायि वृद्घिको गति हासिल गर्नुपर्ने बताउँदै मौद्रीक नीतिलाई कडा पार्ने बताएको हो । यद्यपि, यो वर्ष चीन अमेरिकाबीचको व्यापार तनावले जोखिम बढ्न सक्ने कुराबारे पनि सचेत रहन बैङ्कले आग्रह गरेको छ । मौद्रीक अथोरिटि अफ सिङ्गापुर (एमएएस)ले सिङ्गापुर डलरको स्लोप नीति ब्याण्ड शून्यबाट थोरै बढाउने तर ब्याण्डको ‘विड्थ’ र मिड पोयण्टमा भने कुनै परिर्वतन नगर्ने बताएको छ । यो वर्षको पहिलो त्रैमासमा सिङ्गापुरको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा १ दशमलव ४ प्रतिशतले बढेको थियो । म्यानुफ्याक्चरिङ क्षेत्रमा भएको लगातारको वृद्घिका कारण अर्थतन्त्रलाई टेवा मिलेको बताइएको छ । अर्थतन्त्रको सकारात्मक परिदृश्यले पनि नीति कडाईका लागि बाटो बनाइदिएको बताइएको छ । एजेन्सी
मौद्रीक नीतिमा ६ वर्षकै पहिलो कडाइ गर्दै सिङ्गापुर
