देशमा आर्मी, ट्राफिक, प्रहरीका कुरा गर्दा यिनीहरू पनि राष्ट्रका एक हिसाबले अभिभावकजस्तै हुन् । समयसमयमा सर्वसाधारणलाई मर्का पर्दा यिनीहरू त्यस्ता व्यक्ति हुन् जसले आफ्नो ज्यान दाउमा लगाएर पनि हामीलाई सहयोग गरिरहेका हुन्छन् । तर, यस्ता कुरा जनमानसले आफ्नो दिमागमा लिइरहेको हुँदैन । हाम्रो जस्तो मुलुकमा ट्राफिक प्रहरीको धेरै योगदान छ तापनि यहाँ यिनीहरूले आफ्नो दायित्वलाई चाहेर पनि राम्ररी निर्वाह गर्न सकिरहेका हुँदैनन् । सुस्त राजनीति, शिक्षाको कमी, मानिसको असहयोग आदि कारणले यिनीहरू पनि विवश हुन्छन् । ट्राफिक प्रहरीहरू नियम कानून बनाउँछन् । तर, हामी त्यसको उल्लङ्घन गरिराखेका हुन्छौं । अहिले एकाइसौं शताब्दीमा पनि फोहोर गर्छौं, रिस उठ्यो भने छाडा गाली गर्छौं, जथाभावी बाटो काट्छौं, ट्राफिक नियम उल्लङ्घन गरेर सवारीहरूमा प्रेशर हर्न, ठूलो आवाज तथा ओभर टेक गरेर सवारी कुदाइराखेका हुन्छौं र समयसमयमा ट्राफिक प्रहरीसँग आप्mनो गल्ती हुँदा पनि विवाद गरेर झगडा गरिरहेका हुन्छौं । कतिपय ट्राफिक प्रहरी अनायास नै सवारी चालकलाई दुरुत्साहित गरिरहेका हुन्छन्, समस्या पर्दा लाटाले केरा हेरेझैं गरिराखेका हुन्छन् । कतिपय ट्राफिक प्रहरी घूस खान पनि पछि पर्दैनन् । जेहोस्, अहिलेको समयमा सबै परिवर्तन भई राम्रो काम गरी सचेत भई राम्रो नागरिकको परिचय दिने हो ।
लोकतन्त्र आएको पनि करीबकरीब ३ दशक भई सक्दा पनि सुधारको नाममा अझै कमीकमजोरी छन् । यो देशका शहरहरूलाई कडीकडाउ गरेर चुस्त बनाउनु ट्राफिक प्रहरीको दायित्व हो । ट्राफिक प्रहरीको काम सधंै सवारीका लागि हात हल्लाई राख्ने मात्र होइन, कर र जरीवाना मात्र लिएर जनतालाई त्रास दिनुमात्र होइन, ट्राफिक प्रहरीले गर्नुपर्ने तथा सघाउ पुर्याउनुपर्ने कार्य धेरै छन् ।
बाटामा जति पनि चौपाया छन्, तिनको अवस्था निर्मूल पार्नुपर्छ । यसो गर्नाले फोहोर तथा दुर्घटना सडकमा कम हुन जान्छ । यसका लागि सरकार तथा सम्बन्धित निकायले प्रहरी, ट्राफिकलाई सहयोग गर्नुपर्छ । तर, यो मुलुकमा एकअर्कालाई सहयोग गर्ने राम्रो संस्कार नै छैन । यसमा जनमानसको सहयोगको पनि उत्तिकै खाँचो छ । यति मात्र होइन, प्रतिपक्षहरूले पनि यसमा आवाज उठाउनुपर्छ । सधैं डाहको भावना लिएर, अनावश्यक चेतावनी दिएर बस्ने होइन, जब कि आफ्नो कार्यकालमा केही गर्न सकेन ।
अहिलेको परिप्रेक्ष्यमा टोलटोल सफा राख्ने सर्वसाधारणका लागि पत्रिकारहरू, स्कूल, क्याम्पस, हस्पिटल, कार्यालयमा तथा टोलटोलमा टाँँस्नु, बटुवालाई शुद्धपानी खाने धारा राख्ने, सवारी कोचाकोच समस्या हटाउने, अटेरी चालकलाई कारबाही गर्नेजस्ता विषयमा ट्राफिक प्रहरीले सघाउ पु¥याउनुपर्छ । यसमा सरकार र जनताको पनि सहयोग तथा योगदान हुने हो भने यो समस्या कुनै ठूलो समस्या होइन । हाम्रो जस्तो भद्रगोल शहरहरूको वातावरण सुध्रन समय लाग्ने छैन । एउटा कुरा के छ भने टोल सुधारको जिम्मा वडा कार्यालयले लिएका हुन्छन् । तर, योबाहेक सरकार तथा सम्बन्धित निकायले वडाबाहेक केही रकम टोलटोलका क्लबहरूलाई छुट्टाई दिनुपर्छ । बाटोघाटोको मर्मत, भुस्याह कुकुर निर्मूलमा सहयोग, पिउने पानी अखबार, असहायलाई सहयोग आदि जस्ता समस्या पनि निर्मूल हुँदै जानेछ । यी सब विषयका लागि प्रहरी प्रशासन जनताको दबाब पनि उतिकै जरुरी छ ।
नेपालीहरू अनेक बहानामा मादक पदार्थ सेवन गरिरहेका हुन्छन् । यही कारणले सवारी हाँक्दा दुर्घटना भइरहेका छन् । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गर्नेलाई नियन्त्रणमा लिइरहेका हुन्छन् । यसलाई हामीले सराहनीय मान्नुपर्छ । विदेशमा जस्तै यहाँ पनि लिमिटमा पिउन पाउनु अर्थात् अलिकति पिएर सवारी हाँक्न पाउने अधिकार दिएमा बेस हुनेछ । बदलामा कार्यालयहरू कसरी व्यवस्थित गर्ने, कर तिर्ने, लाइसेन्स रिन्यू गर्ने, लाइसेन्स नयाँ बनाउनेजस्ता विषयलाई कसरी सजिला गर्ने त्यसतर्पm ट्राफिक प्रहरीले ध्यान पु¥याउनु जरुरी छ । अहिलेको घडीमा सर्वसाधारणको चाहना पनि यही नै हो ।
ट्राफिक प्रहरीले केही कुरामा ध्यान दिनु जरुरी छ । गोस्टप सिग्नल बत्तीहरूलाई व्यवस्थित गर्दै जाने, अटेरी सवारी चालकलाई जरीवाना गर्नुबाहेक राम्रो शिक्षा दिने, ट्याक्सी चालकलाई पोशाक तथा परिचयपत्र अनिवार्य गर्ने र टोलटोलमा कडा प्रहरी तैनाथ गर्नेजस्ता विषयमा ट्राफिक प्रहरीले ध्यान दिनु जरुरी छ । ट्राफिक प्रहरीले आफ्नो दायित्व निभाउनु आफ्नो ठाउँमा छ, यो बाहेक भद्रगोल मुलुक सप्रन सबै नेता, कर्मचारी, व्यवसायी तथा आमजनता स्वार्थी लालची, पुङमाङ नभई सबैको योगदान हुनु उत्तिकै जरुरी छ ।
काठमाडौं र देशभरि नै सवारीसाधनको सङ्ख्या बढिरहेको छ । त्यस अनुपातमा प्रहरीको सङ्ख्या निकै अपुग छ । त्यसैले यातायात व्यवस्थापनमा निकै समस्या देखिन्छ । ट्राफिक प्रहरीको सङ्ख्या बढाउनुका साथै उनीहरूलाई साधनसम्पन्न बनाइनुपर्छ । त्यस्तै प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन गर्नुपर्छ । नेपालका ट्राफिकको जतिसुकै आलोचना गरे पनि धूलो र धूवाँमा दिनभरि कसरी काममा खटिँदा हुन् भनेर सोच्ने हो भने साँच्चीकै दयनीय अवस्था देखिन्छ । अतः उनीहरूलाई साधनसम्पन्न बनाएर ट्रफिक व्यवस्थापन चुस्त दुरुस्त बनाउनुपर्छ ।