काठमाडौं (अस) । हिमालयन बैङ्क र विश्व बैङ्क समूहअन्तर्गतको इण्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) कर्जा लगानीसम्बन्धी सम्झौता भएको छ । बैङ्क र आईएफसीबीच गतसाता महिला उद्यमीको साना तथा मझौला व्यवसायमा लगानी गर्नेसम्बन्धी सहमति भएको हो । हिमालयन बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र आईएफसीका आवासीय प्रतिनिधि मो. रेहान रशिदले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार आईएफसीले उपलब्ध गराउने कर्जा रकम बैङ्कले महिला उद्यमीको साना तथा मझौला व्यापार स्थापना, सञ्चालन र प्रवद्र्धनमा लगानी गर्नेछ ।
शेयर / बैङ्किङ गतिविधि 13 views
हिमालयन र आईएफसीबीच कर्जा सम्झौता
