वैशाख ४, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।
निगमले स्वचालित अन्तरराष्ट्रिय मूल्य संरचना बमोजिम सोमवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रू. एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रू. दुई/दुई मूल्य वृद्धि गरेको जानकारी दिएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रू. १ सय ६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रू. ८७ कायम भएको छ ।
पेट्रोलियम पदार्थको विक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीब रू. २१ करोड हुने देखिएको छ । रासस