वैशाख ४, काठमाडौं (अस) । मङगलवार नेप्से कारोबार भएको तेस्रो घण्टाको अवधिमा परिसूचक २ दशमलव शून्य २ प्रतिशत बढेको छ । कारोबार शुरू भएदेखि बढेको बजार तेस्रो घण्टामा २६ दशमलव २१ अङ्क बढेर १ हजार ३ सय २३ दशमलव ७८ विन्दुमा पुगेको छ । लघुवित्त समूहको परिसूचक ५ दशमलव ४७ प्रतिशतले बढेको छभने १० समूहमा व्यापार बाहेक सबै समूहको परिसूचक बढेको छ ।
सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक रू. ३ करोड ७२ लाख बराबरको शेयर कारोबार भएको छ । १ सय ५९ कम्पनीको रू. ६८ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ ।