वातावरणमन्त्री कसको गाडीमा धूवाँ आइरा’छ भनेर निरीक्षण गर्न व्यस्त छन् । गृहमन्त्री ठेकेदारहरुलाई समाउँदै थुन्दै छन् । आपूर्तिमन्त्री किसानको पैसा तिर् भन्दै चिनी मिल मालिकलाई थर्काउँदै छन् । अर्थमन्त्री बढी कर कसरी उठाउने योजना बुन्दै छन्, आयोग बनाउँदै छन् । यसरी मन्त्रीहरु जनताका काममा खटिइनै रहेका छन् । त्यसो त जनताका लागि भनेर नेताहरु दशकौंदेखि लडिरहेका छन् । दिनरात मेहनत गरिरहेका छन् । कहिले क्रान्ति गरे, कहिले शान्ति छरे । कुनै बेला जनवादी ग... बिस्तृतमा
सरकारले बजेट ल्याउनुपर्ने थियो, ल्यायो । विपक्षका लागि यो हावादारी भयो, पक्षका लागि हाहाकारी । प्रदेश सरकारहरुले यो बजेटलाई प्रदेशका लागि नभई सङ्घका लागि मात्र भयो भन्ने आरोप लगाए । यो बजेट सङ्घीय सरकारले ल्याएको सङ्घीय बजेट हो भन्ने बुझेर पनि नबुझेजस्तो गरे प्रदेशीहरुले । अझ कतिपयले यसलाई परम्परागत बजेटको बिल्ला भिराए । पूर्वअर्थमन्त्रीहरुले ब्रिफकेसबाट निकालेर बजेट वक्तव्य पढ्ने चलन छाडेर यी अर्थमन्त्रीले त्यत्रो क्रान्तिकारी तरीकाले छालाको ब्य... बिस्तृतमा
दुई तिहाइको वाम सरकारले बजेटअघि ल्याउने नीति तथा कार्यक्रम (नीका) ल्याएको मात्र के थियो, विरोधीहरूले पनि आफ्नो धर्म निर्वाह गर्न धुँवाधार विरोध शुरू गरिहाले । विरोध नगरून् पनि किन ? किनकि त्यस्तो लामो नीका बनाउन जरुरी नै थिएन । खुरुक्क नीति समाजवाद ल्याउने र कार्यक्रममा पनि समाजवाद ल्याउने भनेर दुई वाक्य पढ्द्या भए पुगिहाल्थ्यो । आखिर कुरो पनि त्यस्तै त्यस्तै नै थियो । नभए विगतका वाम र हाम दुवै प्रकारका सरकारहरूले ल्याएकै नीति तथा कार्यक्रमअनुसार... बिस्तृतमा
मोदी आए, गए । हामी नेपालीलाई एक महीनाको गफ गर्ने खुराक पुगिहाल्यो । मोदीले पनि गफै गरेका हुन् । हाम्रा नेताले गर्ने पनि गफै हुन् । पहिलेकै पूरा भएका छैनन् वाचाहरू । कति थपिएका छन् नयाँ नया प्रतिबद्धताहरु । पहिले दिन्छु भनेका थुप्रै कुरा दिएका छैनन् मोदीले । किनभने ती सबै गफै थिए । फेरि नयाँ गफ दिएर गएका छन् । भन्नेलाई पनि थाहा छ, ती वाचा पूरा गर्नका लागि थिएनन् । सुन्नेलाई पनि थाहा छ, ती प्रायः सबै गफ हुन् । गर्ने त गफै न हो । काम त कसले पो गर्य... बिस्तृतमा
आज मोदी आउने रे । आश्वासनका पोका ल्याउने रे । नागरिक अभिनन्दन हुने रे । उनले पनि नेपालीजनका मन छुने रे । लौ है, हाम्रा लागि नभए पनि अतिथिका लागि शहर, मन्दिर सफा राख्नू । सडक खुल्ला राख्नू । सुरक्षा कडा पार्नू । मन्दिरमा अरु मानिस जाने बाटो रोक्नू । पहाडलाई चुप राख्नू । नाकाबन्दी वा सीमारेखाका कुरा नकोट्याउनू । हाँसेरै भए पनि निहुरेरै आँशु पिउनू । पुराना घाउ आफै सिउनू । बाहिरबाटै सही स्वाभिमान देखिएरै जिउनू । लाम लागेर सलाम ठोक्नू । सके उनको प्रशस... बिस्तृतमा
पूँजीवाद अर्थात् क्यापिटलिजम वा बजार अर्थतन्त्र । यस्तो अर्थतन्त्र जहाँ क्यापिटल गुड्स व्यक्ति वा प्राइभेट व्यावसायिक संस्थाहरुको स्वामित्वमा हुन्छ । सामान तथा सेवाको उत्पादन बजारको आवश्यकता खासगरी माग र आपूर्तिका आधारमा हुन्छ । केन्द्रबाट योजना गरेर, सरकारले निर्देशन दिएर पूँजीवाद चल्दैन । तर, यो विकसित विश्वमा मात्रै त्यस्तो हुन्छ नि, नेपालमा चाहिँ होइन । विश्वमा पूँजीवाद भनेपछि त्यै एउटै पूँजीवाद हो । तर, नेपालमा चाहिँ होइन नि । नेपालमा पूँजीव... बिस्तृतमा
हिजोआज जो पनि सरकारलाई थर्काउन खोज्छन् बा ! हुँदाहुँदा ड्राइभर र खलासीसम्मले पनि थर्काउन थालेका छन् । चिया पसलदेखि फेसबुक, ट्वीटरका वालसम्ममा सरकारले यो गर्नुपर्छ वा त्यो गर्नुपर्छ भनेर थर्काउनेहरू त कति छन् कति ! सरकार पनि के कम ? पहिलोपटक थर्काउनेलाई राम्रै जवाफ फर्कायो र यातायातको सिण्डिकेट कागजमा हटायो । सडकबाट पनि हटाउला नै । तर, सिंहदरबारदेखि बागदरबारसम्म, लालदरबार (अर्थात् पेरिसडाँडा दरबार) देखि बल्खु दरबार र सानेपा दरबारसहित लागेर लादेको... बिस्तृतमा
यसपालि पनि प्रम ओली पहिले चीनतिर नगई भारततिरै गए । के गर्नु काठमाडौंमा जाडो अझै सकिएको छैन यो वर्ष । बालुवाटारबाट निस्केपछि पाइला त उत्तरभन्दा दक्षिणतिरै जाँदो रै’छ । घाम दक्षिणकै प्यारो । तामझाम पनि दक्षिणकै आकर्षक । तर, अब यता गर्मी बढेपछि प्रम अब छिटै चीन भ्रमणमा पक्कै निस्कनेछन् । प्रम ओलीले भनेजस्तै भारत भ्रमण अत्यन्त सफल रह्यो भन्नेमा कुनै द्विविधा छैन । किनकि यात्राका क्रममा कुनै असुविधा वा अप्रिय घटना केही भएन । विगतमा पनि सबै प्रमको भ्रम... बिस्तृतमा
चारैतिरबाट माग आएपछि अर्थमन्त्री (अम)ले श्वेतपत्र भनेर एउटा वक्तव्य निकाले । श्वेत अर्थात् सेतो । तर वास्तवमा त्यो त कालोपत्र भनौं वा श्यामपत्र पो रहेछ । किनकि श्वेतपत्रमा व्यापारी, लगानीकर्ता, बैङ्क र आम जनताको मनोबल उकास्ने सेतो, सफा कुरा नआएर मनै अँध्यारो हुनेगरी आशा ओराल्ने कुरो पो आयो त । कालो मनले यस्तो ल्याएका त पक्कै होइनन् होला अमले । पहिला निराश बनाएर पछि बजेट बनाउँदा ह्वात्तै खुशी दिएको देखाउन पो अमले यो नीति लिएका हुन् कि ! यसरी श्वेत... बिस्तृतमा
यूरोपियनहरुले त नेपाललाई निकै पो हेपे त बा ! यसरी नेपालीलाई यति धेरै ठाडै न्याँकेको, ड्याँकेको र अझ अपमानित गरेको शायद पहिलो पटक नै हो । यो त अति भयो । त्यसैले, बोली शिरोमणि हाम्रा प्रधानमन्त्री पनि के कम ? बोलीले नै उनीहरुको सातो लिए । तर यो कसले, कसलाई, कहिले र कसरी हेपे भन्ने विषयमा व्यापक छलफल हुनुपर्ने देखिन्छ । किनकि खासमा पहिले नेपालले चैं यूरोपियनलाई हेपेको रै’च है । उहिले पृथ्वीनारायण शाहले पादरीहरुलाई नेपालबाट लखेटेका रैचन् । ऐले उनीहरु... बिस्तृतमा







