उपभोक्ता मञ्चको १३ बुँदे घोषणापत्र मन्त्रालयलाई
चैत २९, काठमाडौं (अस) । उपभोक्ता हित संरक्षण मञ्च नेपालले १७ औं वार्षिक साधारणसभाबाट पारित १३ बुँदे घोषणापत्र वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष पेश गरेको छ । उक्त घोषणापत्रमार्फत मञ्चले जवाफदेही न्यायपालिका र पारदर्शी शासन प्रणाली स्थापना गर्दै उपभोक्ता हित तथा अधिकारको संरक्षण गर्न माग गरेको छ । त्यस्तै, मञ्चले उपभोक्ताको आर्थिक तथा सामाजिक हित गर्ने तथा सम्मानजनक जीवनयापनका लागि उचित वातावरण बनाउन मन्त्रालयमार्फत सरकारसँग माग गरेको छ । साथै, प्रतिस्पर्धी बजार विकास र उपभोक्ता शिक्षा उपलब्ध गराई बजारको प्रभावकारी अनुगमन गर्नसमेत मञ्चले माग गरेको छ ।











