काठमाडौंको केन्द्रमा रहेका लाजिम्पाट र पानीपोखरीमा निर्माण गरिएका गुण कोलोनीका अपार्टमेण्टहरू पूर्णघरका नमूना हुन् ।
सबैलाई आफ्नै घरको चाहना हुनु स्वाभाविक हो । व्यस्त जीवनशैलीका कारण सबैलाई घर बनाउने समय नमिल्न पनि सक्छ । साथै, सीमित स्रोतसाधन, स्थानले पनि घर बनाउने चाहनाले पूर्णता नपाउन सक्छ । यिनै अवस्थालाई ध्यानमा राख्दै गुण गू्रपले ग्राहकको चाहनाअनुरूपका गुण कोलोनीका फ्ल्याटहरू विक्रीका लागि तयार गरेको छ ।
गुण कोलोनी एउटा घरका लागि आवश्यक सुविधाहरू भएको व्यवस्थित हाउजिङ परियोजना हो । काठमाडौंको केन्द्रमा रहेका लाजिम्पाट र पानीपोखरीमा निर्माण गरिएका गुण कोलोनीका अपार्टमेण्टहरू पूर्णघरका नमूना हुन् । निर्माण सम्पन्न भएका ती अपार्टमेण्टहरू विशेषतः हाउजिङ निर्माणको उपयुक्त डिजाइनअनुसार बनाइएका छन् । लाज्पा, एलपी र एलएलपी नाम दिइएका ती अपार्टमेण्टको निर्माणमा पूर्णतः नेपाली प्राविधिकहरूको प्रयोग गरिएको छ ।
कुल पाँच रोपनीमा निर्माण गरिएका तीन अपार्टमेण्टहरूका कोठा व्यवस्थापन गर्दा खुला ठाउँ (ओपन स्पेस)लाई विशेष ध्यान दिइएको गुण ग्रुपले बताएको छ । लाज्पा र एलएलपी अपार्टमेण्ट लाजिम्पाटमा रहेका छन् । यस्तै एलपी अपार्टमेण्ट पानीपोखरीमा निर्माण गरिएको छ । अपार्टमेण्टका प्रत्येक फ्ल्याटमा ग्राहकको आवश्यकताअनुसार कोठा रोज्न सक्ने सुविधा दिइएको छ । फराकिला ती कोठाहरू पूर्णतः वैज्ञानिक ढङ्गबाट निर्माण गरिएको कम्पनीको दाबी छ ।