The following two tabs change content below.

काठमाडौं (अस) । कतारको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी कतार एयरवेजको कार्गो सेवा कतार एयरवेज कार्गोले दुई एशियाली पुरस्कार जितेको छ । कार्गोले सिङ्गापुरमा अक्टोबर १२ मा आयोजित पेलोड एशिया गाला डिनर एण्ड अवार्ड सेरेमोनीमा ‘ओभरअल क्यारियर अफ दि इयर’ उपाधि पाएको हो । कम्पनीले लगातार दोस्रो वर्ष यो उपाधि जितेको हो । त्यस्तैगरी, भारतको अहमदावादमा १४ अक्टोबरमा आयोजित इण्डिया कार्गो अवार्ड्समा पनि कम्पनीले ‘बेष्ट कार्गो एयरलाइन इन कष्टुमर सर्भिस’ उपाधि जितेको थियो ।











