
प्रमुख गतिविधि
कम्पनीले यही कात्तिक २४ गते साधारणसभा गर्दै छ । साधारणसभा प्रयोजनका निमित्त यही कात्तिक ६ गते बूक क्लोज भएको छ । कम्पनीले सोही साधारणसभाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिनेछ ।
त्यस्तै, कम्पनीले आफ्नो शेयर रजिष्ट्रार परिवर्तन गरेको छ । अब चिलिमेको शेयर रजिष्ट्रारको रूपमा सिद्धार्थ क्यापिटल रहनेछ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :
- कम्पनी चालू आर्थिक वर्ष २०७३/७४ को चौथोे त्रैमासमा खुद मुनाफा ३ प्रतिशत वृद्धि गरी ९६ करोड ६३ लाख रुपैयाँ कमाउन सफल भएको छ ।
- विद्युत् विक्री आयबाट १ अर्ब करोड १९ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३ प्रतिशत बढी हो ।
- चौथो त्रैमाससम्म ९५ करोड ७३ लाख सञ्चालन मुनाफा गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ९१ करोड ६ लाख सञ्चालन मुनाफा गर्न कम्पनी सफल भएको छ ।
- जगेडा कोषमा ७ प्रतिशतको वृद्धि भएको छ । ३ अर्ब ४४ करोड चुक्ता पूँजी भएको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ हुनुले पनि कम्पनी वित्तीय रूपमा एकदम सबल रहेको देखाउँछ ।
- कम्पनीले चौथो त्रैमाससम्म आइपुग्दा लगानी १५ प्रतिशत वृद्धि गरेको छ । कम्पनीले गरेको लगानी ५ अर्ब ७४ करोड छ ।
- कुल चालू सम्पत्ति ६ प्रतिशत घटेर ९६ करोड ७८ लाख रुपैयाँमा आएको छ भने कुल चालू दायित्व १७१ प्रतिशत वृद्धि भएर २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
- वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ २४३ दशमलव १४ रुपैयाँ, प्रतिशेयर आम्दानी २८ रुपैयाँ ०३ पैसा र मूल्य आम्दानी अनुपात २८ दशमलव ४७ गुणा रहेको छ ।

निष्कर्ष :
खुद नाफा वृद्धिसँगै कम्पनीले प्रतीशेयर आम्दानी सन्तुलनमा राख्न सफल भएको पाइँदैन । यो अवधिमा पूँजी १० प्रतिशत वृद्धि भएको पाइन्छ भने प्रतिशेयर आम्दानी ६ प्रतिशत घटेर २८ दशमलव शून्य ३ पुगेको छ ।
हाल कम्पनी कुल २ सय ७० मेगावाट क्षमताका चार आयोजना निर्माणको क्रममा छ र केही समय अघिमात्र ५ सय ८५ मेगावाट क्षमताका दुई परियोजनाको अध्ययन अनुमतिपत्र पाएकाले दीर्घकालीन रूपमा आकर्षक आम्दानी गर्न सक्ने र आफ्ना शेयरधनीलाई राम्रो प्रतिफल प्रदान गर्ने देखिन्छ ।
प्राविधिक विश्लेषण : चिलिमे जलविद्युत् प्रतिरोध क्षेत्रमा

प्रतिरोध २ : ९६० । प्रतिरोध १ : ८६० । टेवा १ : ७६० । टेवा २ : ७१० । हालको अन्तिम मूल्य : ७८६
बजारको अवस्था
घट्दो सोमवार चिलिमे हाइड्रोपावरको शेयरमूल्य २ रुपैयाँ अर्थात् शून्य दशमलव २५ प्रतिशत घटेर ७ सय ८६ रुपैयाँमा बन्द भएको छ भने ७ हजार ८ सय २५ कित्ता शेयर कारोबार भएको छ ।
मूल्यको प्रवृत्ति विश्लेषण
यस हाइड्रोपावरको शेयरमूल्य १ महीना अघिदेखि उच्चरूपमा बढ्दो प्रवृत्तिमा रहेको छ । तर त्यस समयभन्दा अगाडि भने घट्दो प्रवृत्तिमा थियो ।
अन्य प्राविधिक सङ्केतहरू :
रिलेटिभ स्ट्रेन्थ इण्डेक्स आरएसआई : १४ दिनको आरएसआई ७२ अङ्कमा रहेको छ । यसले बजारमा शेयर बढी खरीद भएको सङ्केत गरे तापनि हालसम्म यसको प्रवृत्ति नकारात्मक भएको देखिँदैन ।
परिमाण : अन्तिम दिनको परिमाणले मूल्य प्रवृत्तिलाई समर्थन गरेको देखिन्छ ।
निष्कर्ष
मूल्यको प्रवृत्ति र उल्लिखित सूचकको आधारमा यदि मूल्य ७ सय ७० भन्दा माथि रहेमा बजार अझ सकारात्मक हुन सक्ने सङ्केत गर्दछ र अर्काे प्रतिरोध ८ सय ६० मा रहेको देखिन्छ । त्यस्तै, मूल्य ७ सय ७० भन्दा तल रहेमा बजार नकारात्मक हुन सक्ने सम्भावना रहन्छ । यो कम्पनीको कारोबार गर्नुअघि मुख्य बजार नेप्सेको प्रवृत्तिमा पनि ध्यान दिनु जरुरी हुन्छ ।











