
Latest posts by सरु (see all)
कात्तिक १०, काठमाडौं (अस) । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले कात्तिक १० गते १६ औं वार्षिक साधारण सभा सम्पन्न गर्यो । जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको उक्त सभाले कम्पनीका लगानीकर्ताहरुलाई ६ प्रतिशत वोनस शेयर र शून्य दशमलव ३१५७ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजन) वितरण गर्ने भएको छ ।
सो सभामा उपस्थित केही शेयरधनीहरुले कम्पनीको अधिकृत पूँजी बढाउँदा र हरेक आर्थिक विवरण तथा प्रयोजनामा प्रारदर्शिता भए राम्रो हुने कुरा बताए । साथै, उनीहरुको अनुसार कम्पनीले खर्च मामिलामा केही हदसम्म नियण्त्रण गरे उचित हुन सल्लाह समेत दिए ।
सो सभाले गत वर्षको वित्तीय विवरण तथा नाफा नोक्सान हिसाब बारे छलफल गर्यो । साथै, कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गरेर रू. १ अर्ब पुर्याउने भएकोे हो । कम्पनीले प्रमुख प्रवद्र्धक भई सञ्चालन गरिरहेको इवाखोला आयोजना निर्माणाधिन अवस्थामा रहेको र छिटै नै निर्माण कार्य सम्पन्न भई कारोबार शुरु हुने जानकारी दिएको छ ।
रैराङ हाइड्रो पावर कम्पनीमा यस कम्पनीको २५ प्रतिशत सेयर स्वामित्व रहेको यस कम्पनीले बुटवलमा ८ दशमलव ५ मेगावाट क्षमताको ग्रिडमा जोडिने सोलार निर्माण गर्ने अनुमति पाएको छ । त्यस्तै, कम्पनीले रिडी खोला जलविद्युत आयोजना निर्माणका लागि लिएको बैङ्क ऋण चुक्ता हुँदै गई ऋण मुक्त हुन लागेको जानकारी गरायो । कम्पनीले आगामी वर्ष लगानीकर्ताहरुलाई उच्चदरले लाभांश उपलव्ध गराउदै जाने आशा गराएको छ ।