The following two tabs change content below.
Latest posts by सरु (see all)
कात्तिक २२, दोलखा । एनआईसी एशिया बैङ्क लिमिटेडले दोलखाको सदरमुकाम चरिकोटमा आफ्नो १ सय २२ औं शाखा विस्तार गरी सेवा शुरु गरेको छ । देशका विभिन्न भागमा शाखा सञ्चालन गर्ने क्रममा सोमवारदेखि भीमेश्वर नगरपालिका वडा नं. ३, चरिकोटमा १ सय २२ औं शाखा विस्तार गरी सेवा शुरु गरेको हो ।
सोमवार आयोजित कार्यक्रमबीच भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले चरिकोट शाखाकोे उद्घाटन् गरेका थिए । एनआईसी एशिया बैङ्क लिमिटेड चरिकोट शाखाका प्रबन्धक ईश्वर जिसीले दोलखा जिल्लाका भुकम्प प्रभावितहरुलाई कात्तिक मशान्तभित्र सम्पूर्ण प्रक्रियाहरु निशुल्क सहित कर्जा प्रवाहको अवसार प्रदान गर्ने बताएका छन् ।











