
Latest posts by सरु (see all)
मङ्सिर ८‚ काठमाडौं (अस) । नेपाल राष्ट्र बैङ्कको रू. ९ अर्ब २३ करोड बराबरको ट्रेजरी बिलको बोलकबोल मङ्सिर ११ गते सोमवार २ बजे हुने भएको छ । जारी हुने बिल रू। २ अर्ब बराबरको २८ दिन बिल रू। २ अर्ब २३ करोड बराबरको ९१ दिने बिल‚ रू। ३ अर्ब बराबरको १ सय ८२ दिने बिल र रू। २ अर्ब बराबरको ३ सय ६४ दिने विल रहेको छ । बिलको वितरण मङ्सिर १२ गते मङ्गलवार हुनेछ ।
यस भन्दा अघि २०७४ मङ्सिर ४ गते पनि राष्ट्र बैङ्कले ट्रेजरी बिलको बोलकबोल गरेको थियो । सो दिन रू। २ अर्ब ७५ करोडको २८ दिने ट्रेजरी विल जारी गर्न बोलकबोल आह्वान गरेकोमा रू। ५ अर्ब ४२ करोडको माग भएको थियो । सो रकम बराबरको ट्रेजरी बिल औसत ४ दशमलव २६६३ प्रतिशत बट्टादरमा विक्री भएको थियो । त्यसमा अधिकतम ४ दशमलव ५८०४ प्रतिशत र न्यूनतम ३ दशमलव ४८०३ प्रतिशत बट्टादर प्रस्ताव भएको थियो ।
त्यसैगरी‚ सोही दिन रू। २ अर्बको ९१ दिने ट्रेजरी विल जारी गर्न बोलकबोल आह्वान गरेकोमा रू। ४ अर्ब २३ करोडको माग भएको थियो । सो रकम बराबरको ट्रेजरी विल औषत ४ दशमलव ८४७६ प्रतिशत बट्टादरमा विक्री भएको थियो । त्यसमा अधिकतम ५ दशमलव ०००१ प्रतिशत र न्यूनतम ३ दशमलव ६१५२ प्रतिशत बट्टादर प्रस्ताव भएको थियो ।