The following two tabs change content below.

Latest posts by सरु (see all)
मङ्सिर १०, काठमाडौं (अस) । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–१ को प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. ११ दशमलव ५३ रहेको छ । कात्तिक मसान्तमा फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू.११ दशमल ८१ रहेको थियो ।
यस फण्डले ४२ ओटा सूचीकृत कम्पनीहरूमा कुल ५ लाख ११ हजार ७ सय २६ कित्ता शेयरमा रू. ३६ करोड ८६ लाख ६१ हजार ३ सय ३० बराबरको लगानी गरेको छ । त्यस्तै आइपीओ, एफपीओ लगाएत सार्वजनिक निष्कासनमा रू.३६ करोड ८७ लाख बराबरको लगानी गरेको छ ।
योजनाको बैङ्क मौज्दात रू. १० करोड ३७ लाख रहेको छ । योजनाको प्राप्त भइसकेको आम्दानी रू. ३ करोड २७ लाख र प्राप्त नभइसकेको नोक्सानी रू. ४ करोड १५ लाख रहेको छ । कात्तिक मसान्तमा योजनाको कुल व्यय रू. १ करोड ३१ लाख रहेको छ । योजनाको व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।