The following two tabs change content below.
Latest posts by सरु (see all)
मङ्सिर १३, चितवन । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस करीब सबा नौ बजे त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । लु२ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारबाट त्रिशुलीमा खसेको हो । प्रहरी उपरीक्षक दिपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ ।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । रासस




