प्रमुख गतिविधि
लघुवित्तले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई १६ प्रतिशत बोनस शेयर तथा १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यही आउँदो पुस २७ गते १६औं वार्षिक साधारणसभा गर्दै छ । साधारणसभा प्रयोजनका निमित यही पुस १४ गतेदेखि बूक क्लोज हुँदै छ । पुस १३ गतेसम्म कायम भएका शेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :
- बैङ्कको पहिलो त्रैमाससम्म आइपुग्दा खुद ब्याज आम्दानीमा आएको कमीसँगै खुद मुनाफामा पनि २२ प्रतिशत कमी आएको छ । कम्पनीले यो त्रैमासमा ५ करोड ४१ लाख खुद मुनाफा कमाएको छ । अघिल्लो वर्ष उसले ६ करोड ९३ लाख खुद मुनाफा कमाएको थियो ।
- पूँजीमा १३५ प्रतिशतको वृद्धि र खुद नाफामा २२ प्रतिशतको कमीले गर्दा प्रतिशेयर आम्दानी १०७ दशमलव ५५ रुपैयाँबाट घटेर ३५ दशमलव ७२ रुपैयाँमा आइपुगेको छ ।
- जगेडा कोषमा २८ वृद्धि प्रतिशत भएको छ । कोषमा अहिले ६५ करोड ४५ लाख रहेको छ ।
- सापटी रकम २२ प्रतिशत वृद्धि भएर ३ अर्ब २३ करोड पुगेको छ भने कर्जा प्रवाह ३७ प्रतिशत वृद्धि भएर ५ अर्ब ८९ करोड पुगेको छ । त्यस्तै, कम्पनीले १ अर्ब ८० करोड निक्षेप सङ्कलन गरेको छ । निक्षेप सङ्कलनमा ४३ प्रतिशत वृद्धि भएको छ ।
- कम्पनीको प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी २ प्रतिशत कम भएको छ । उसले खुद ब्याज आम्दानीबापत १४ करोड ८३ लाख कमाएको छ । अहिले २ करोड ५ लाख रकम प्रोभिजन गरेको छ भने जोखीम कोषबाट १ करोड ५४ लाख रकम फिर्ता भएको छ ।
- निष्क्रिय कर्जा कही कम भएर शून्य दशमलव ५८ प्रतिशत छ । त्यस्तै, कम्पनीले निष्क्रिय कर्जाका लागि २५६ दशमलव ७९ प्रतिशत रकम प्रोभिजन गरेको छ ।
- ब्याज दर वृद्धिका कारण बैङ्कको पूँजीको लागत भने वृद्धि भएको छ । कोषको लागत ५ दशमलव ३७ प्रतिशतबाट वृद्धि भएर ९ दशमलव ४५ पुगेको छ ।
- कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ २०८ दशमलव ०४ रुपैयाँ, तरलता अनुपात ६ दशमलव ३९ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १०७६ दशमालव ४९ रुपैयाँ रहेको छ ।
निष्कर्ष
खुद नाफामा गत आवको भन्दा २२ प्रतिशत कमी र पूँजीमा आएको १३५ प्रतिशतको वृद्धिले गर्दा कम्पनीको प्रतिशेयर आम्दानी घट्न पुगेको छ । निक्षेप सङ्कलन, कर्जा प्रवाह र कर्जा प्रवाहमा वृद्धि गर्न सक्नु उसको सबल पक्ष हो । बढ्दो ब्याज दर भने प्रमुख चुनौतीको रूपमा देखिएको छ ।प्राविधिक विश्लेषण : डिप्रोक्स लघुवित्त विकास बैङ्क घट्दो प्रवृत्तिमा
प्रतिरोध २ : ११९० । प्रतिरोध १ : ११०० । हालको अन्तिम मूल्य : १०२९ । टेवा १ : ९२० । टेवा २ : ८७५
बजारको अवस्था
यस कम्पनीको २६ डिसेम्बर, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा कम्पनीको अन्तिम कारोबार मूल्य १ हजार २९ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा ३१ रुपैयाँ अर्थात् २ दशमलव ९२ प्रतिशत कम हो । अन्तिम दिनको परिमाण ६ हजार ४ सय ५९ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा ४ हजार २ सय ५४ कित्ता बढी हो ।मूल्यको प्रवृत्ति विश्लेषण
३० अगष्ट, २०१७ मा मूल्यले १ हजार ४ सय ४७ को उच्च बिन्दु प्राप्त गर्न सकेको थियो । त्यसपछिका माथिल्लो बिन्दु र तल्ला बिन्दु घट्दो प्रवृत्तिमा रहेको र च्यानलभित्र उतारचढाव सीमित रहेको देखिन्छ ।अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : ५० दिनको ईएमएभन्दा मुल्य तल रहेकोले बजार घट्दो प्रवृत्तिमा रहेको र हाल यो ईएमए प्रतिरोधको रूपमा रहेको देखिन्छ ।रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई २३ अङ्कमा रहेको छ । यसको प्रवृत्ति हेर्दा बजार सकारात्मक भइसकेको देखिँदैन ।
एभरेज डाइरेक्शनल इण्डेक्स (एडिएक्स) : एडीएक्सको प्रवृत्तिले विक्रेताको चाप बलियो हुँदै गएको सङ्केत गर्दछ ।
मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले बजारमा यो दिन पनि क्रेताभन्दा विक्रेताको चाप रहेको बुझाएको छ ।
निष्कर्ष
उल्लिखित मूल्यको प्रवृत्ति र सूचकको आधारमा बजार विश्लेषण गर्दा यस कम्पनीको कारोबारमा विक्रेताको चाप बलियो हुँदै गएकोले शेयर खरीद गर्नुअघि सूचकहरूको सकारात्मक सङ्केत पर्खनु आवश्यक देखिन्छ, जसले गर्दा बजारबाट हुन सक्ने जोखीम कम हुने गर्दछ ।