
घर वा अफिसमा राखेको वाईफाई स्लो भएर धेरैले हैरानीको सामना गर्नुपरेको हुन्छ । वाईफार्ई स्लो हुनुको कारण पासवर्डको चोरी पनि हुन सक्छ । वाईफार्ई ह्याक गरेर वरपर कसैले चलाउँदा यसको गति स्लो हुन्छ । वाईफार्र्ई चोरी भए÷नभएकोबारे सबै वायरलेश डिभाइस बन्द गरेर थाहा पाउन सकिन्छ । राउटरमा केही लाइट बलिरहेका हुन्छन् । यीमध्ये एउटा वायरलेश कनेक्टिभिटीको हुन्छ ।
ल्यापटप, कम्प्युटर, स्मार्टफोन, स्मार्ट टीभीजस्ता सबै डिभाइस बन्द गरिदिए पनि मोडेममा भएको वायरलेशको लाइट बल्ने–निभ्ने गरिरहेको छ भने ह्याक भएको हुनुपर्छ । यसैगरी राउटर लग–इन गरेर डीएचसीपी क्लाइण्ट लिष्ट हेरेर पनि चोरी भएको पत्ता लगाउन सकिन्छ । घर वा अफिसमा वाईफार्र्ई चलाउने मोबाइल, ल्यापटपको सङ्ख्याभन्दा बढी सङ्ख्यामा आईपी चलेको देखिएको छ भने ह्याक भएको स्पष्ट हुन्छ । वाईफार्ई ह्याक भए वा नभएको भए पनि समय–समयमा युजर नेम र पासवर्ड परिवर्तन गरेमा चोरी गर्ने सम्भावना न्यून हुन्छ ।
अक्षर र अङ्क मिलाएर केही असजिलो पासवर्ड राख्दा ह्याकरलाई सम्झिराख्न वा अरूलाई भन्न गाह्रो हुन्छ । यसले वाईफार्र्ई मिसयुज हुने सम्भावना पनि कम हुन्छ । राउटरको पासवर्ड राख्ने बेला डब्ल्यूपीए २ अप्शन रोजेमा ह्याकरले सजिलै ह्याक गर्न सक्दैन । सेक्युरिटी अप्शन पनि टीकेआईपीभन्दा एईएस उत्तम हुन्छ ।
अर्को बलियो उपाय पनि अपनाउन सकिन्छ । राउटरमा लगइन पासवर्ड राख्दा म्याक फिल्टरेशन गर्न सकिन्छ । इण्टरनेट चल्ने डिभाइसमा म्याक आईडी हुन्छ । कुन–कुन म्याक आईडीमा वाईफार्र्ई चलाउनुपर्ने हो, त्यसलाई मात्र राउटरभित्र लिष्टिङ गरिदिन सकिन्छ । यति गरेपछि तोकिएको डिभाइसबाहेक अरूलाई आईपी उपलब्ध हुँदैन । आईपीको स्पेस नै नभएपछि कसैले ह्याक गर्न सक्दैन ।




