पुस २५, काठमाडौं । मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव ६० प्रतिशत बढेको छ । कारोबार शुरु भएदेखि उकालो लागिरहेको बजार १ घण्टापछि स्थिर रहेको छ । २ घण्टाको व्यापारमा परिसूचक ८ दशमलव ६६ अङ्कले बढेर १ हजार ४ सय ५२ दशमलव ४६ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय २८ कम्पनीको १ हजार ५ सय ३० पटकको व्यापारमा रू. १९ करोड ७२ लाख बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो ।
होटल समूहको परिसूचक २ दशमलव ९९ प्रतिशत र ‘अन्य’ समूहको १ दशमलव २६ प्रतिशतले बढेको छ । साथै, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशत, बीमाको शून्य दशमलव ४९ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव ३९ प्रतिशत बढेको हो । व्यापार समूह र उत्पादन तथा प्रशोधनको शून्य दशमलव २२ प्रतिशत, लघुवित्तको शून्य दशमलव २७ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ ।











