
काठमाडौं (अस) । सङ्गिक्षा फिल्मस् इण्टरटेन्मेण्टले कतारका दुई शहरमा कुमारी बूम सुपरस्टार नाइट्स आयोजना गर्ने भएको छ । कम्पनीले ‘कुमारी बैङ्क र बूम रेमिट’को सहयोगमा मार्च ८ र ९ तारिखमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । नेपालका चर्चित गायक–गायिका, हास्य कलाकार र नायक–नायिकाको उपस्थिति रहने उक्त कार्यक्रम मार्च ८ मा कतारको अल्खोर स्टेडियममा तथा मार्च ९ मा दोहास्थित ग्राण्ड मलमा आयोजना हुने कम्पनीले बताएकोे छ ।



