पुस ३०, काठमाडौं (अस) । वार्षिक प्रगति प्रतिवेदन सहित बोनस र हकप्रद लगायतका विविध प्रस्ताव पारितका लागि दुई बीमा कम्पनीको साधारणसभा आइतवार हुने भएको छ । हिमालय जनरल इन्स्योरेन्स र अपि पावर कम्पनी लिमिटेडको साधारणसभा आइतवार हुने भएको हो । अपि पावरले दिनको १ बजे कार्की बैङ्क्वेट, बबरमहल र हिमालयन जनरलले दिनको २ बजे अमृतभोग, कम्प्लेक्स, कालिकास्थानमा सभा बोलाएका छन् ।
अपि पावरले ८ प्रतिशत बोनस शेयर र सो पश्चात कायम चुक्तापूँजीको १ बराबर २ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई सभामा पेश गर्नेछ भने हिमालयन जनरल इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांशको प्रस्तावलाई अघि सारेको छ ।




