
काठमाडौं । साना तथा मझौला व्यवसायी महासङ्घको अध्यक्षमा गुह्यरत्न शाक्य निर्वाचित भएका छन् । महासङ्घको चौथो अधिवेशन तथा १३औं वार्षिक साधारणसभाले शाक्यलाई उक्त पदमा निर्वाचित गरेको हो ।
महासङ्घले आइतवार विज्ञप्ति प्रकाशित गरी देशभरका ५० जिल्लाका प्रतिनिधि तथा वस्तुगत, एशोसिएट र अन्य क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको जानकारी दिएको छ ।
कार्यसमितिको पदेन अध्यक्षमा निर्वतमान अध्यक्ष जङ्गबहादुर श्रेष्ठ, सह–अध्यक्षमा गणेशबहादुर सुवेदी, वरिष्ठ उपाध्यक्षमा गिरिराज गौतम, प्रथम उपाध्यक्षमा सरोज श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा बलराम भण्डारी, मदन महर्जन र हीराबहादुर प्रधान, तृतीय उपाध्यक्ष नरेशप्रसाद सिंह, शैलेन्द्रमोहन झा, चतुर्थ उपाध्यक्षमा मोहिनी विलास लुइँटेल र महिला उपाध्यक्षमा यमुनादेवी श्रेष्ठ र विष्णु घर्तीमगर निर्वाचित भएका छन् ।
त्यस्तै वस्तुगत सङ्घमध्येबाट उपाध्यक्षमा माधव केसी, एशोसियट सदस्यमध्येबाट उपाध्यक्ष विजु शाक्य, महासचिव सुमन सुवाल, कोषाध्यक्ष धर्मनन्द श्रेष्ठ, सचिव विश्वराम दुवाल, सह–कोषाध्यक्ष यज्ञबहादुर थापा निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा केदारकुमार कटुवाल, सलिना लामा, सुवास महर्जन, कृष्णप्रसाद शर्मा, शर्मिला कार्की, रेखाबहादुर अधिकारी, छेटुप तामाङ र कोमलप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।



