माघ २, काठमाडौं (अस) । ज्योति विकास बैङ्कले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोज कुमार ज्ञवालीलाई नियुक्त गरेको छ । यसअघि उनी बैङ्ककै डेपुटि सिइओ थिए । वर्तमान सिइओ कृष्ण बहादुर कुँवरको करार रद्द भएकोले ज्ञवालीलाई नियुक्त गरिएको हो । उनको कार्यकाल माघ १ गतेदेखि लागू भएको जानकारी नेप्सेले दिएको छ ।
ज्योति विकास बैङ्कको कामु सिइओमा ज्ञवाली




