
माघ ३, काठमाडौं (अस) । बुधवार कारोबार भएको पहिलो एक घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव ७७ प्रतिशत घटेको छ । यस समयमा १० दशमलव ८४ अङ्क घटेर १ हजार ४ सय २ दशमलव ८७ विन्दुमा पुगेको छ ।
कारोबार भएका ८५ कम्पनीको रू. ३ करोड ७० लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका सात समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो । सानिमा माई हाइड्रोपावरको प्रतिकित्ता रू. ४ सय १९ मा रू. १ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ ।




