
माघ ३, काठमाडौं (अस) । बुधवार नेप्से परिसूचक कारोबार भएको दोस्रो घण्टाको अवधिमा शून्य दशमलव ८३ प्रतिशत घटेको छ । नेप्से ११ दशमलव ७६ अङ्क घटेर १ हजार ४ सय १ दशमलव ९५ विन्दुमा पुगेको छ ।
कारोबार भएका १ सय २६ कम्पनीको १ हजार ६ सय २ पटकको व्यापारमा रू. १२ करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका आठ समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो । सानिमा माई हाइड्रोपावरको प्रतिकित्ता रू. ४ सय १९ मा रू. ३ करोड ९३ लाख बराबरको शेयर कारोबार भएको छ ।




