माघ ३, काठमाडौं (अस) । सन् २०१८ मा विश्वमा सूचना प्रविधि (आईटी) क्षेत्रमा हुने खर्च साढे ४ प्रतिशतले बढ्ने अनुसन्धान संस्था गार्टनरले बताएको छ । यो वर्ष आइटी क्षेत्रमा ३ दशमलव ६८ ट्रिलियन डलर खर्च हुने संस्थाको अनुमान छ ।
गत वर्ष आइटी क्षेत्रको खर्च बढ्न शुरु भएको थियो र आगामी केही वर्षसम्म खर्च लगातार बढी नै रहने अनुमान गरिएको छ । विश्वमा मन्दी आउन सक्ने खतरा, मुद्राको भाउमा आएको अस्थिरता र बे्रक्जिटको सम्भावित प्रभावका कारण संस्थाहरुमा अनिश्चयको बादल भने रहि नै रहेको चेतावनी पनि दिइएको छ ।
यद्यपि यस्तो अनिश्चय हुँदा हुँदै पनि व्यवसायले आईटी क्षेत्रमा लगानी गर्न जारी नै राख्ने बताइएको छ । तर, उनीहरुले खर्च गर्ने प्रवृत्तिमा भने परिवर्तन आउने बताइएको छ । रासस÷पीटीआई




