माघ १०, काठमाडौं (अस) । जानकी फाइनान्स कम्पनी लिमिटेडको पुस ३० गते बसेको वार्षिक साधारणसभाले संस्थापक र सर्वसाधारण तर्फको गरी ५ जना सञ्चालक नियुक्त गरेको छ ।
कम्पनीले संस्थापक तर्फबाट रघुनाथ प्रसाद शाह, अमरनाथ गुप्ता र अशोक कुमार जलन संस्थापकतर्फबाट चयन भएका छन् । त्यस्तै, सर्वसाधारण तर्फबाट महाविर कुमार सुल्तानीया र दिप नारायण शाह नियुक्त भएको नेप्सेमा दिइएको जानकारीमा उल्लेख छ ।




