माघ १५, काठमाडौं (अस) । सोमवार नेप्से परिसूचक शून्य दशमलव २६ प्रतिशत घटेको छ । सोमवारको ब्यापार अवधिमा नेप्से ३ दशमलव ७२ अङ्क घटेर १ हजार ४ सय २ दशमलव २३ विन्दुमा पुगेर बन्द भएको छ । यस समयमा कारोबार भएका १ सय ६० कम्पनीको रू. २८ करोड ५५ लाख ३६ हजार ४ सय २४ बराबरको ७ लाख १५ हजार ८ सय ५४ कित्ता शेयर कारोबार भएको छ ।
सो अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको शेयर प्रत्तिकित्ता रू. १ हजार ७ सय ९० मा रू. १ करोड ४९ लाख ९० हजार बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका ९ समूहमध्ये ब्यापार समूह र जलविद्युत कम्पनीकोे परिसूचक बढेको छ भने अन्य समूहको परिसूचक घटेको छ ।











