”सौर्य ऊर्जामा वार्षिक तीन अर्बभन्दा बढीको व्यापार हुन्छ” – युगरत्न ताम्राकार
संस्थापक अध्यक्ष, नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ
नेपालमा सौर्य ऊर्जा (सोलार सिष्टम)को व्यावसायिक प्रयोग हुन थालेको कति भयो ?
सन् २००० मा सरकारले (इनर्जी सेक्टर असिष्टेन्स प्रोग्राम) इस्यापअन्तर्गत प्रथम चरणमा बृहत् उत्पादनको कार्यक्रम ल्यायो । यसअर्न्तर्गत नेपाल सरकारको तर्फाट वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई सहभागी गराइएको छ । त्यसबेला सौर्य ऊर्जार्मा डेनिसहरूले लगानी शुरू गरेका हुन् । दातृसंस्थाका रूपमा डेनमार्क आएको थियो । उनीहरू आफैले नसकेर नर्बे सरकारलाई पनि गुहारे ।
इस्यापको प्रथम चरणमा ५ वर्षभत्र २५ हजार घरधुरीमा सौर्य विद्युत् जडान गरिसक्ने भनिएको थियो । हामीले ५ वर्षो उक्त कार्यक्रमलाई साढे २ वर्षमा नै पूरा गरेका थियौं । ५ वर्षको अवधिमा ६५ हजार घरधुरीमा सौर्य ऊर्जा जडान गर्न सफल भयौं । इस्यापको दोस्रो चरणमा भने जर्मनी सरकारलाई पनि सहभागी गराइएको छ । सरकारको यस वर्ष५० हजार घरधुरीमा सौर्य ऊर्जा जडान गर्ने योजना थियो । उक्त योजना ६ महीनाअगावै पूरा भएको छ । यसकारण अहिले अनुदान रकम बन्द भएको छ । यो तथ्याङ्क विद्युत् नपुगेको ठाउँको मात्रै हो ।
पछिल्लो समय सर्वसाधारणमा सौर्य ऊर्जाप्रति चेतना बढ्दै गएको हो ?
ग्रामीण इलाकामा बसोबास गर्ने मान्छेहरूमा सौर्य ऊर्जाप्रति आकर्षण बढेको छ । गएको ५ वर्ष अघिसम्म सौर्य ऊर्जाको ग्रामीण क्षेत्रका उच्चवर्गका मानिसले मात्र प्रयोग गर्थे । अहिले मध्यम र निम्नवर्गका परिवारले पनि यो प्रविधि जडान गरिरहेका छन् । अहिले ग्रामीण क्षेत्रमा बसोबास गर्ने मान्छेले ऊर्जाको महत्त्व बुझेका छन् । शहरी इलाकामा पनि लोडशेडिङको विकल्पका रूपमा सौर्य ऊर्जार्लाई लिन सकिन्छ ।
लोडशेडिङको विकल्पमा अन्य ऊर्जाको सम्भावना छैन ?
लोडशेडिङको विकल्पमा सौर्य ऊर्जाबाहेक अन्यको सम्भावना कम छ । सौर्य ऊर्जाको प्रयोग वातावरणका लागि पनि राम्रो हुन्छ । सामान्यतः विद्युत् नपुगेको स्थानमा सौर्य ऊर्जाको प्रयोग गरिन्छ । ठूलाठूला उद्योग सञ्चालनका लागि भने सौर्य ऊर्जा प्रभावकारी हुँदैन । बत्ती बाल्न र टेलिभिजन चलाउनका लागि सौर्य ऊर्जाको बढी प्रयोग गरिन्छ । लोडशेडिङको विकल्पमा प्रयोग भइरहेका इन्भर्टर र जेनेरेटर बढी हानीकारक छन् ।
ग्रामीण इलाकामा थालिएको सहुलियत कार्यक्रम कत्तिको प्रभावकारी छ ?
सरकारको यही कार्यक्रमले गर्दा नै ग्रामीण इलाकामा सौर्य ऊर्जा लोकप्रिय हुँदै गएको हो । अहिले १ वर्षमा १ लाख घरधुरीमा सौय विद्युत् जडान भएको छ । तर, अहिले भने सहुलियत कार्यक्रम स्थगित भएको छ । सरकारले अहिलेसम्म १ अर्ब ७१ करोड ११ लाख ८७ हजार २ सय ९५ रुपैयाँ सहुलियत प्रदान गरिसकेको छ । यो रकम ठयाक्कै नमिलेर केही बढी पनि हुनसक्छ ।
नेपालमा सौर्य ऊर्जाका सामग्री कहाँबाट ल्याइन्छ ?
शुरूका वर्षमा अमेरिकाबाट आउने गथ्र्यो । यसपछि जापानले पठाउन शुरू गरेको हो । अहिले जर्मनीबाट पनि आवश्यक सामग्रीको आयात भइरहेको छ । नेपालमा अहिले सबैभन्दा बढी सामान चीन र भारतबाट आउँछ । चीनले विश्वबजारको ६५ प्रतिशत सोलारका उपकरण उत्पादन गर्छ । नेपालमा आउने आधा सोलारका सामान चीनकै उत्पादन हुन् ।
सोलार इलेक्ट्रिक कम्पनीले केकस्ता काम गर्दै आएका छन् ?
सोलार इलेक्ट्रिक कम्पनीहरू सोलारको सामानका डिष्ट्रिब्युटर्स हुन् । नेपालमा भएका सबै कम्पनीले सोलारका उपकरण विक्री गर्ने हो । केही ससाना सोलारका उपकरण हामीले पनि उत्पादन गर्र्छौं । यसमा कण्ट्रोलर, लाइटलगायत उपकरण पर्छन् । नेपालमा यसलाई एउटा सर्भिस इण्डष्ट्रीका रूपमा लिँदा हुन्छ । नेपालमा अहिले ठूला भनिएका कम्पनीले वार्षिक १५/२० करोडको हाराहारीमा व्यापार गरिरहेका छन् । यस्ता कम्पनीको सङ्ख्या १ सयको हाराहारीमा छ । सबै गरेर वार्षिक ३ अर्बजतिको व्यापार हुन्छ । सौर्य ऊर्जार्का उपकरणहरूको व्यापार हरेक वर्ष२० प्रतिशतले बढेको छ । अहिले कतिपय नयाँ कम्पनी पनि आइरहेका छन् । यसकारण वार्षिक वृद्धि २० प्रतिशतभन्दा बढी पनि हुनसक्छ । चीनमा सौर्य ऊर्जाका सामग्रीको उत्पादनमा हरेक वर्ष ५० प्रतिशतले वृद्धि हुँदै गएको छ । जर्मनीमा भने वार्षिक १४ प्रतिशतले बढिरहेको छ ।
सौर्य ऊर्जामा संलग्न व्यवसायीहरूको मुख्य समस्या के हो ?
गाउँगाउँमा भएका डिलर एजेण्टहरू करको दायरामा आएका छैनन् । कुनै पनि डिलर एजेण्टसँग १ देखि ५ लाख रुपैयाँसम्मको काम गर्दा उक्त एजेण्ट प्यानमा दर्ता भएको हुनुपर्ने प्रावधान छ । तर, प्रायः एजेण्टहरू प्यानमा दर्ता भएका छैनन् । यसकारण पनि हामीलाई काम गर्न अप्ठयारो भएको छ । दूरदराजमा भएका अधिकांश कम्पनी प्यानमा दर्ता भएका हुँदैनन् ।
सोलार उपकरणका सामग्रीको गुणस्तर परीक्षण गरिने व्यवस्था छैन ?
सोलारका उपकरणको गुणस्तर परीक्षण हुन्छ । सरकारले कुनै पनि सामान आयात गर्नलाई नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) अन्तर्गतको ल्याब राखेको छ । त्यहाँ ब्याट्री, चार्ज कण्ट्रोलर, चिम सबैको परीक्षण गरिन्छ । शुरूमा परीक्षण गर्दा एउटा र प्रयोग अर्को सामान हुने आशङ्काले पछि जडान भएका ठाउँबाट नमूना छनोट गरी परीक्षण गरिन्छ । यस्तो परीक्षणले बजारमा नक्कली सामानको उपस्थिति कम हुँदै गएको छ ।
सोलारका उपकरण जडानपछि अनुगमन हुँदैन ?
हामीले सोलारका उपकरण जडान गरिसकेपछि त्यसको फोटो राखेर पेश गर्नुपर्छ । त्यसपछि उक्त स्थानमा इस्यापले अनुगमन गर्छ । अनुगमन गर्दा पनि नमूना छनोट गरी कुल जडानको १० प्रतिशत घरधुरीको मात्र अनुगमन हुन्छ । तर, यसमा सबै कम्पनी र जिल्ला पर्नुपर्छ । नेपालमा अनुगमन गर्ने पाँच ओटा कन्सल्टेण्ट छन् । यसमा ५० जना प्राविधिक छन् । हामीले इस्यापको मापदण्डअनुसार काम नगरेमा जरिवाना पनि तिर्नुपर्छ । अहिलेसम्म ३ लाखभन्दा बढी घरधुरीमा सोलार जडान भइसकेको छ । यसमा ९५ प्रतिशतभन्दा बढी अहिले सञ्चालनमा छन् ।