माघ २१, काठमाडौं (अस) । ज्योति विकास बैङ्कले साविक राप्ती भेरी विकास बैङ्कको शेयर अभौतिकरण गर्न अनुरोध गरेको छ । बैङ्कले सूचना मार्फत माघ १० गतेसम्म आफ्नो शेयर अभौतिकिकरण गरिसकेका सदस्यहरुको हकमा माघ १२ गते ज्योति विकास बैङ्कको नामबाट हितग्राही खातामा शेयर जम्मा गरिसकेको जानकारी दिएको हो ।
साविक राप्तीभेरीको शेयर अभौतिकिकरण गराउन बाँकी सदस्यहरुलाई सक्कल शेयर प्रमाणपत्रहरु तथा अभौतिक रुपमा शेयर जम्मा गरिदिने निवेदन सहित सम्पर्क गर्न भनेको छ । साथै, साविक झिमरुक विकास बैङ्कको शेयर अभौतिकिकरण गर्न बाँकीले समेत यसै सूचनालाई आधार मानेर अभौतिकिकरण गर्न आग्रह गरेको छ । बैङ्कको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल रहेको छ ।




