माघ २१, काठमाडौं (अस) । निर्धन उत्थान बैङ्क लिमिटेडको चालू आवको दोस्रो त्रैमासमा खुद मुनाफा १० प्रतिशतले घटेको छ । कम्पनीले गत आवको तुलनामा व्याज खर्च ९२ प्रतिशतले बढाएपछि नाफा घट्न पुगेको हो । कम्पनीको खुद व्याज
आम्दानी गत आवको तुलनामा १५ प्रतिशत घटेर रू. ६१ करोड ८४ लाख पुगेको छ भने सञ्चालन मुनाफा २१ प्रतिशत घटेर रू. ३७ करोड ४ लाख पुगेको छ । कम्पनीले दोस्रो त्रैमासमा रू. ७ अर्ब ३२ करोड निक्षेप सङ्कलन गरी रू. १३ अर्ब ५४ करोड कर्जा प्रवा गरेपछि जगेडा कोषको रकम घटेर रू. ९२ करोड १८ लाख पुगेको छ । दोस्रो त्रैमसामा कम्पनीको चुक्तापूँजी ६६ प्रतिशत बढेर रू. १ अर्ब पुगेको छ । निष्क्रर्य कर्जा शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।




