सिन्धुली (अस) । जिल्लामा पशुबीमा गर्ने कृषकको सङ्ख्या बढेको जिल्ला पशुसेवा कार्यालयले बताएको छ । कार्यालयका प्रमुख डा. रामकुमार कार्कीका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ सय ३३ पशुको बीमा भएको छ । पहिलो चौमासिकमा ३ सय ३५ पशुको बीमा भएको थियो ।
जम्मा बीमित मूल्यको ७५ प्रतिशत राज्यले लगानी गर्ने भएकाले पनि कृषक यसतर्फ आकर्षित भएको उनले बताए । उनका अनुसार बीमा भएको पशुको कुल बीमाङ्क रकम ४८ लाख ६० हजार रुपैयाँ रहेको छ । पशु बीमा गराउनेमा धेरैजसो व्यावसायिक रूपमा पशुपालन गर्ने कृषक छन् । कार्यालयले गत आवमा पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्न गाई, बङ्गुर तथा बाख्रा पाल्ने ४९ जना कृषकलाई ५१ लाख अनुदान रकम वितरण गरेको थियो ।


