माघ २३, काठमाडौं (अस) । आइपिओ स्थगित भएको सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासमा रू. ५३ लाख ९७ हजार नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा करीब ३० प्रतिशतले बढी हो । गत आवमा रू. ४१ लाख ५६ हजार नाफा कमाएको थियो । कम्पनीको सञ्चालन नाफा २९ दशमलव ८३ प्रतिशतले बढेपछि नाफा बढेको हो ।
दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २३ करोड २३ लाख निक्षेप सङ्कलन गरी रू. ६८ करोड ८७ लाख कर्जा प्रवाह गरेको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ३० लाख १८ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव ४९ प्रतिशत रहेको छ । कम्पनीको लगानी रू. १० लाख रहेको छ ।