माघ २४, काठमाडौं (अस) । बुधवार शेयर बजार शून्य दशमलव ८६ प्रतिशत घटेको छ । यस दिन कारोबार शुरु भएदेखि निरन्तर घटेको परिसूचक अन्त्यमा १२ दशमलव शून्य १ अङ्कले घटेर १ हजार ३ सय ८२ दशमलव शून्य २ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि अघिल्लो दिनको कारोबारको तुलनामा यस दिन कारोबार रकम न्यून प्रतिशतले बढेको छ । यस दिन कारोबार रकम रू. २६ करोड ५५ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १६ खर्ब १६ अर्ब पुगेको छ ।
यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९० प्रतिशतले घटेर २ सय ९१ दशमलव ९६ अङ्क पुगेको छ । व्यापार समूह र वित्त कम्पनी समूह बाहेक कारोबारमा आएका बाँकी समूहहरुको शेयर मूल्य घटेपछि समग्र शेयर बजार ओरालो लागेको हो ।
यस दिन नेपाल बैङ्कको सबैभन्दा बढी शेयर कारोबार भएको छ । नेपाल बैङ्कको एफपिओ जारी हुने खबरले लगानीकर्ताहरु यस बैङ्क प्रति आकर्षित भएका हुन् । यस वाणिज्य बैङ्कको रू. ५ करोड १८ लाख बराबरको शेयर कारोबार भएको छ । बैङ्कको शेयर मूल्य रू. १४ ले घटेर अन्तिम मूल्य रू. ३ सय ४६ पुगेको छ । गुह्ेश्वरी मर्चेण्ट बैङ्क एण्ड फाइनान्सको शेयर मूल्य ६ दशमलव १६ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ सय ५५ पुगेको छ । कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैङ्कको शेयर मूल्य भने ४ दशमलव १८ प्रतिशत घटेको छ ।
व्यापार समूहको परिसूचक १ दशमलव ५३ प्रतिशत बढेको छ । यस दिन पनि विशाल बजार कम्पनीको शेयर मूल्य बढेपछि यस समूहको परिसूचक बढेको हो । वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ६२ प्रतिशत बढेको छ । त्यस्तै, बीमा समूहको परिसूचक १ दशमलव १७ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव १८ प्रतिशत घटेको छ । साथै, होटल समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशत, बैङ्किङको शून्य दशमलव ८६ प्रतिशत, लघुवित्त कम्पनीको शून्य दशमलव ९५ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ४२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६६ प्रतिशत र जलविद्युतको शून्य दशमलव शून्य ९ प्रतिशत घटेको हो ।
यस दिन ३१ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, १ सय ७ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनी स्थिर रहेका छन् । सो दिन १ सय ५२ कम्पनीको ३ हजार १ सय ९६ पटकको व्यापारमा ७ लाख ४२ हजार १० कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ३२ दशमलव १६ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलन रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव २८ अङ्क रहेको छ । यसले बजार वियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।




