काठमाडौं (अस) । इक्रा नेपालले कुमारी बैङ्कले जारी गर्न लागेको हकप्रदका लागि ग्रेड ४+ रेटिङ प्रदान गरेको छ । यसले बैङ्कको आधारभूत पक्ष कमजोर रहेको बुझाउँछ ।
तर, प्लस (+)ले तुलनात्मक हिसाबमा सकारात्मक स्थिति रहेको बुझाउँछ । बैङ्कले १० बराबर २ का अनुपातमा १ करोड १९ लाख ३८ हजार ९ दशमलव ९१ दशमलव ६५ कित्ता हकप्रद जारी गर्न निवेदन दिएको हो ।
कुमारी बैङ्कले पुस ४ गते बोर्डलाई निवेदन पेश गरेको थियो । विक्रीप्रबन्धक एनआईबीएल क्यापिटल मार्केटल रहेको छ ।
यस बैङ्कको चालू आवको दोस्रो त्रैमाससम्ममा चुक्तापूँजी रू. ५ अर्ब ९६ करोड रहेको छ भने जगेडा कोष रकम रू. २ करोड ५९ लाख रहेको छ ।
दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा रू. ४८ करोड २ लाख घटेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा बैङ्कको नाफा ७१ दशमलव ८९ प्रतिशत बढेको हो ।




