रुकुम (अस) । जिल्ला ट्राफिक कार्यालय सल्यानका अनुसार राप्ती लोकमार्गमा मासिक झण्डै ५ लाख रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । नियमविपरीत सञ्चालन भएका सवारीसाधनबाट राजस्व सङ्कलन हुने गरेको हो । जिल्ला ट्राफिक कार्यालय सल्यानका इञ्चार्ज गोपाल शर्माका अनुसार लाइसेन्सविना चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा मालसामान राख्ने गाडीलाई कारबाही गरी राजस्व सङ्कलन गरिएको हो । गत आर्थिक वर्षमा ५३ लाख ४२ हजार रुपैयाँ उठेको थियो । चालू आर्थिक वर्षको ६ महीनामा ३० लाख ४५ हजार रुपैयाँ सङ्कलन गरिएको छ ।
पाँच लाख राजस्व सङ्कलन


