माघ २८, काठमाडौं (अस) । माघ १५ गतेदेखि एफपीओ जारी गरेको बुटवल पावर कम्पनीको नाफा ४ गुणा बढेको छ । गत वर्ष रू. १३ करोड ९ लाख ७५ हजार नाफा आर्जन गरेको कम्पनीले यस वर्षको दोस्रो त्रैमासमा रू. ५९ करोड ९२ लाख ४ हजार नाफा आर्जन गर्न सफल भएको हो ।
यस त्रैमासमा रू. ४० करोड ९८ लाख ११ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीको अन्य आम्दानी करीब ३२ गुणा बढेकाले पनि नाफा बढेको देखिन्छ । साथै, गत वर्षको तुलनामा सञ्चालन खर्चमा पनि कमी आएको हो । गत वर्ष सञ्चालनका लागि रू. १३ करोड ४५ लाख ९८ हजार खर्चिएको कम्पनीले यस वर्ष रू. १३ करोड १७ लाख ४४ हजार मात्र खर्चिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८१ करोड ५ लाख ७२ हजार रहेको छ भने जगेडा कोष रकम रू. २ अर्ब ८६ करोड ४५ लाख १८ हजार रहेको छ । यस वर्ष चुक्तापूँजी ७ प्रतिशत र जगेडा कोष २७ प्रतिशत बढेको यस वर्ष चुक्तापूँजी ७ प्रतिशत र जगेडा कोष २७ प्रतिशत बढेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३३ दशमलव शून्य ९ रहेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ४ गुणाले बढेको छ ।












