माघ २८, हेटौँडा । प्रदेश नं ३ को मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य डोरमणि पौडेललाई नियुक्त गरियोस् भन्ने प्रस्ताव ३ नं प्रदेश कार्यालयमा दर्ता गरिएको छ । नेकपा(एमाले)का रामेश्वर फुयाँल(काठमाडौँ) प्रस्तावक र नेकपा(माओवादी) केन्द्र संसदीय दलका नेता शालिकराम जम्मरकटेल(धादिङ)को समर्थनमा त्यससम्बन्धी पत्र प्रदेश कार्यालयका सचिव चतुर्भुज ज्ञवालीसमक्ष प्रस्तुत गरिएको छ ।
तत्कालीन हेटौँडा नगरपालिकामा दुई पटक प्रमुख चलाएका पौडेल शुक्रवार एमाले ३ नं प्रदेश संसदीय दलमा निर्वाचित भएका थिए । उनी नेपाल नगरपालिका सङ्घका अध्यक्ष पनि थिए । रासस











